आगामी हप्तासम्म मौसमी वर्षात् रहन्छः मौसम विभाग

स्वर्णिम खबर
२६ आश्विन २०७९, बुधबार १८:१३

२६ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानूमान गरेको छ ।
विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले उचित समयमा मौसमी वर्षात् बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने पनि बताउनुभयो । वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पार्नु भयो । वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँको भनाई थियो ।
विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने उल्लेख गर्नुभयो । उहाँले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताउनु भयो । विभागले मौसमी अवस्था बारे २४ घण्टानै सेवा दिईरहने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*