कमल थापालाई टिकट दिएको बिरोधमा मकवानपुरको एमाले कार्यालयमा तालाबन्दी
२३ असोज, हेटौँडा । नेकपा एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताहरुले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।
प्रतिनिधिसभा मकवानपुर १ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरको बिरोधमा उनीहरुले आज बिहान तालाबन्दी गरेका हुन् । एमालेले यस अघि उक्त क्षेत्रमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर पार्टी अध्यक्ष केपी ओलीले शनिबार उक्त निर्णय परिवर्तन गरेर राप्रपा नेपालका अध्यक्ष थापालाई सुर्य चिन्हमा चुनाव लड्नेगरी टिकट दिएका हुन् । कार्यालयमा ताला लगाउँदै कार्यकर्ताहरुले पार्टी केन्द्रको थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व मौन रहेको भन्दै बिरोध गरेका छन् ।













