बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
२० असोज, हेटौँडा । बारामा बिहिबार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिनुभयो । मृत्यु हुनेमा ८ जना पुरुष र ६ जना महिला रहेको इन्सपेक्टर श्रेष्ठले बताउनुभयो । यस्तै दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ०११० नम्बरको बस जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।













