विजयादशमीको साइतको टीका लगाइंदै

स्वर्णिम खबर
१९ आश्विन २०७९, बुधबार १३:४६

१९ असोज, हेटौँडा । यो वर्षको विजयादशमीको साइतको टीका लगाइएको छ ।
साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका हुन् । टीका थाप्न मान्यजन र आफन्तकोमा पुग्नेहरूको चहलपहल पनि सुरु भएको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो । निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्टरूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् । यसपालि झरी परेकाले आफन्त एवम् मान्यजनकोमा टीका थाप्न जानेलाई कठिनाइ भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*