नेपाली सेनाद्वारा फूलपाती बढाइँ

स्वर्णिम खबर
१६ आश्विन २०७९, आईतवार १७:५३

१६ असोज, काठमाडौँ । नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ ।
काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु तथा सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सेनाले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*