हेटौंडामा फुलपाती भित्राइयो
१६ असोज, हेटौँडा । बडादसैंको उपलक्ष्यमा हेटौंडामा पनि फुलपाती भित्राइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौंडा–२ स्थित बनस्खण्डी र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाति भित्राइएकोे हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले छुट्टाछुट्टै स्थानमा फुलपाति भित्राइएकोे हो ।
शोभायात्राका साथ स्थानीय बनस्खण्डीबाट हेटौंडा–१० गोरेक्षश्वर मन्दिरमा फुलपाती लिन पुगेको थियो । फुलपाति लिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक (डिआईजी) किरण बज्राचार्य, नेपाली सेनाका उच्च अधिकृतहरु, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधिहरु गोरेक्षश्वर मन्दिरमा पुगेका थिए ।













