हेटौंडा ४ मा रहेको डाटा सेन्टरमा आगलागी, सरकारी डाटा भने सुरक्षित

स्वर्णिम खबर
९ आश्विन २०७९, आईतवार १७:२८

९ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को हुप्रचौरमा रहेको डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ ।
सरकारी सूचनाहरु ब्याक–अप गर्न बनाइएको डाटा रिकभरी सेन्टरमै आगलागी भएको हो । आइतवार दिउँसो आगो लागेको र अहिले निभाइएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोख्रेलले जानकारी दिनुभयो । ब्याट्री राख्ने कोठाबाट आगो सल्किएको र क्षतिको विवरण बुझ्न कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलसहितको टोली हेटौँडा प्रस्थान गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र उपमहानगरपालिकाका प्रहरी खटिएको थियो भने उपमहानगरकै दुई वटा दमकलको पनि प्रयोग गरिएको थियो । आगलागीबाट ब्याट्री र अरू संरचनामा क्षति पुगे पनि सरकारी डाटाको भण्डारण रहेको स्थान भने सुरक्षित रहेको छ । ब्याट्री जलेको र बिजुली प्रवाहमा समस्या भएकाले केही सरकारी कार्यालयको अनलाइन सेवामा सामान्य समस्या आउन सक्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*