कर्रा खोलामा पौडी खेल्ने क्रममा ३ बालकको मृत्यु

स्वर्णिम खबर
७ आश्विन २०७९, शुक्रबार १९:३३

७ असोज, हेटौँडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा तीन जना बालकको मृत्यु भएको छ ।
हेटौंडा ५ र ७ को सिमाना न्युरेनी स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा ३ जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा हेटौँडा १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही वडाका १२ वर्षीय कर्साङ जिम्बार र १३ वर्षीय सञ्जीव मोक्तान रहेको प्रहरी उपरीक्षक गौतमले बताउनुभयो । शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा बालकहरु पौडी खेल्न खोलामा प्रवेश गरेको थियो । उनीहरु हेटौंडा १५ फारलाइनबाट पौडी खेल्न गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*