भीमफेदी दुर्घटना अपडेटः मृतकको संख्या ७ पुग्यो

स्वर्णिम खबर
६ आश्विन २०७९, बिहीबार १८:०३

६ असोज, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा ६ जना र १ जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले जानकारी दिनुभयो । घाइतेहरुको अहिले हेटौंडा उपचारमा उपचार भइरहेको छ । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । बस काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*