भीमफेदीमा यात्रुबाहक बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

स्वर्णिम खबर
६ आश्विन २०७९, बिहीबार १६:१५

६ असोज, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले जानकारी दिनुभयो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको एसपी गौतमले बताउनुभयो । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*