हेटौडा अस्पताललाई एक हजार थान डेंगु परिक्षण किट सहयोग

३ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले हेटौडा अस्पताललाई थप एक हजार थान डेंगु परिक्षण गर्ने किट सहयोग गरेको छ ।
सोमबार उपमेयर राजेश बानियाँले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गर्नुभएको हो । यस अघि पनि उपमहानगरपालीकाले हेटौडा अस्पताललाई एक हजार किट सहयोग गरेको थियो । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटौडा अस्पतालबाट माग भै आए अनुसार आवश्यक पर्ने अन्य स्वास्थ्य सामाग्री तथा डेंगु परिक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगर तयार रहेको बताउनुभयो । अहिले डेंगु महामारीका रुपमा रहेकाले आम नागरिकलाई परिक्षण गराउन सहजता भन्ने उद्देश्यले अस्पताललाई किट सहयोग गरेको उपमेयर बानिंयाले बताउनुभयो । किट बुझदै अस्पतालका मेसु डा. सापकोटाले हेटौडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा डेंगुका बिरामी परिक्षणका लागी आउने गरेको बताउदै थप किटका लागी अस्पतालले पनि खरिद्ध गर्न तयारी रहेको बताउनु भयो । उहाँले हेटौडा अस्पताल पहिलेको भन्दा धेरै व्यवस्थित हुदै आएको बताउदै अझ राम्रो बनाउन आफुहरु लागीपरेको बताउनुभयो । किट हस्तान्तरण कार्यक्रममा अस्पताल समिति सदस्य हिरा लामा, उपमहानगरपालीकाका बरिष्ठ जनस्वास्थ्य निरिक्षक, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएतको सहभागीता रहेको थियो ।