टिम टेलिभिजन र मकवानपुर सामुदायिक केबलमा विश्वकर्मा पुजा गरियो

स्वर्णिम खबर
१ आश्विन २०७९, शनिबार १०:१२

१ असोज, हेटौंडा । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइँदै छ ।
आफ्ना सवारीसाधन,कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । यसैबीच हेटौंडा १ स्थित टिम टेलिभिजन र मकवानपुर सामुदायिक केबलले पनि विश्वकर्मा पुजा मनाएको छ । हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । विश्वकर्माको मूर्ति बागमती मुहानस्थल, सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*