खेलकुदको बिकासका लागि लगानी गर्छौः मेयर लामा
२३ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले खेलकुदको बिकासका लागि उपमहानगरले लगानी गर्ने बताउनुभएको छ ।
हेटौंडामा भएको आइटिएफ तेक्वान्दोको बागमती प्रदेश स्तरीय छनौंट प्रतियोगितालाई संबोधन गर्दै मेयर लामाले खेलाडीले देश र नगरलाई चिनाउँने हुँदा उपमहानगरपालिका खेलकुदलाई महत्वका साथ अघि बढाउने तयारीमा रहेको बताउनुभयो । उहाँले खेलकुदलाई अघि बढाउनका लागि पुर्वाधार निर्माणको क्षेत्रमा खर्च गरीरहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले चालु आर्थिक बर्ष २०७९÷०८० मा खेलकुदको बिकास र पुर्वाधार निर्माणका लागि ६ करोड २९ लाख रुपियाँ बजेट छुट्याएर काम थालिएको जानकारी दिनुभयो । छनौंट प्रतियोगिताबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँनका लागि बागमती प्रदेशबाट आइटिएफ तेक्वान्दोका २५ जना खेलाडि छनौंट भएका छन् ।
छनौंटमा सहभागि २५० खेलाडी मध्य बिभिन्न तौल समुहमा २५ खेलाडि छनौंटमा परेको मकवानपुर आइटिएफ तेक्वान्दो संघका सचिब प्रकाश शाहीले जानकारी दिनुभयो । आइटिएफ तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष उमेश राजथलाको अध्यक्षतामा भएको छनौंट प्रतियोगिताको समापनमा बागमती प्रदेश खेलकुद बिकास समितिका सदस्य माधब तिमल्सिना, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी लगाएतको आतिथ्यता रहेको थियो ।













