बागमती प्रदेशस्तरीय लोक नृत्यमा धादिङ प्रथम
१८ भाद्र, हेटौँडा । प्रथम प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता २०७९ का लागि बागमती प्रदेश स्तरीय छनौट कार्यक्रम तथा अन्तर जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन बागमती प्रदेशको आयोजनामा भएको लोक नृत्य प्रतियोगितामा एडभान्स एकेडेमि धादिङ प्रथम भएको छ । ट्रि–स्टार सेकेन्डरी स्कुल भक्तपुर द्धितीय र नारायणी विद्या मन्दिर चितवन तृतीय भएको छ । प्रतियोगितामा भ्याली पब्लीक स्कुल चौंथो हुँदा मकवानपुरको रिलायन्स सेकेँडरी स्कुलले पाँचौं स्थान बनायो । विजेता विद्यालयलाई प्रमुख अतिथि बागमती प्रदेश सभा सभामुख सानु कुमार श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । प्रथम हुने एडभान्स एकेडेमीले पोखरामा हुने प्रथम प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सहभागिता जनाउनेछ ।
प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका २२ विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रममा गायक अजर जंगमलाई सम्मान समेत गरिएको थियो । प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारीको उपस्थिती रहेको थियो ।













