निर्वाचनको माध्यमबाट लक्ष्मी आधारभुत विद्यालयको क्याप्टेन छनोट
१० भाद्र, हेटौँडा । बिद्यार्थीहरुलाई निर्वाचनको ब्यवहारिक ज्ञान दिने उद्देश्यले श्री लक्ष्मी आधारभुत विद्यालय हेटौँडा १७ ले निर्वाचनकै माध्यमबाट क्याप्टेन छनौट गरेको छ ।
विद्यालयको क्याप्टेन छनौट प्रकृयाका लागि निर्वाचन गरिएको बिद्यालयका प्रधानाध्यापक यदुदेब उपाध्यायले बताउनुभयो । निर्वाचनबाट विद्यालयको क्याप्टेनमा कक्षा ८ की एरिना चौलागाई निर्वाचित भएको प्रधानाध्यापक उपाध्यायले जानकारी दिनुभयो । एरिना ४६ मत प्राप्त गर्दै क्याप्टेनमा निर्वाचित हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी कक्षा ७ की अञ्जना रेग्मीले २० मत प्राप्त गरिन् । १ सय १८ मतदाता रहेको निर्वाचनमा १ सय ५ जनाले मतदान गरेका थिए । निर्वाचनमा कुनै पनि मत बदर नभएको प्रधानाध्यापक उपाध्यायले बताउनुभयो । क्याप्टेनको निर्वाचनको लागि कक्षा ७ बाट अञ्जना रेग्मी, समिता राई, अनिशा खड्का, एरोन चौलगाई र कक्षा ८ बाट सानिस अधिकारी, एरिना चौलागाई, प्रमोद अर्याल र धर्मराज दाहाल सहित ८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । कक्षा १ देखि ८ सम्ममा विद्यार्थीहरु क्याप्टेनको निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।













