अल्फाविटा कम्प्लेक्समा बनेको अबैध संरचना महानगरले हटायो

स्वर्णिम खबर
९ भाद्र २०७९, बिहीबार १६:५२

९ भाद्र, काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा अवैध रुपमा बनाइएको संरचना हटाइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकै उपस्थितिमा आज (बिहीबार दिउँसो) सो भवनको पार्किङ स्थलमा अवैध रुपमा निर्माण गरिएको बेसमेन्टको संरचना डोजर लगाएर हटाइएको हो । यसअघि त्यहाँका कर्मचारीहरुले केही समय दिन भन्दै सो संरचना हटाउन अवरोध सृजना गरेका थिए । तर, नगर प्रहरीले अवरोध हटाएर डोजर लगाई सो संरचना भत्काइएको हो । मेयर शाहले यस अघि सो भवनको नक्सा देखाउन कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग आग्रह गर्दा चर्काचर्की भएको थियो । पछि मेयर शाह आफैंले नक्सा ल्याएर पार्किङ स्थलमा बनाइएको सो संरचना हटाउन निर्देशन दिनु भएको थियो ।
काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका सबै संरचनाहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यसको अवज्ञा गरेपछि मेयर शाहले आफ्नै नेतृत्वमा यस्ता संरचना हटाउने कामलाई तीव्रता दिनु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*