नेपाल बन्दको प्रभाव हेटौंडामा सामान्य
७ भाद्र, हेटौँडा । विप्लव नेतृत्वको नेकपा सहित ४ दलले तिन बुँदे माग सहित आज आह्वान गरेको नेपाल बन्दको प्रभाव हेटौंडामा सामान्य देखिएको छ ।
सडकमा बन्दकर्ता नभएता पनि हेटौंडाका शैक्षिक संस्था, कलकारखाना बिहान देखि बन्द रहेका छन् । बन्दका कारण विद्यालय र क्याम्पस पुगेका विद्यार्थी घर फर्किएका थिए । हेटौंडा हुदै अन्यत्र जाने लामो तथा छोटो दुरीका मालवाहक र यात्रुवाहक सवारी चल्न सकेका छैनन । दुई पाङ्ग्रे तथा तिन पाङ्ग्रे सवारी भने निर्वाध रुपमा चलेका छन् । एम्बुलेन्स, दुध तथा पानी ढुवानी गर्ने सवारी, इन्धन बोकेका सवारी, प्रेसका गाडी चल्न दिइएको छ । बन्दलाई मध्यनजर गर्दै बजारको मुख्य चोकमा प्रहरी तथा अन्य क्षेत्रमा प्रहरीको गस्ती टोली खटाइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो । मकवानपुर प्रहरीले बारा तथा चितवन प्रहरीको समन्वयमा केही सवारीलाई स्कटिङ्ग गरेर गन्तव्य पठाएको उपरीक्षक गौतमले जानकारी दिनुभयो ।













