टिम टेलिभिजनले मनायो तीज विशेष कार्यक्रम

स्वर्णिम खबर
४ भाद्र २०७९, शनिबार १८:१२

४ भाद्र, हेटौँडा । हेटौंडा १ चौकीटोलमा रहेको टिम टेलिभिजनले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा उपमहामनगर पालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले तीजलाई भड्कीलो बनाउन नहुने बताउनुभयो । तीजका सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएकामा टेलिभिजनलाई धन्यवाद दिदै तीजको सांस्कृतिक पक्षको जगेर्ना गर्नुपनैमा जोड दिनुभयो । कतिपय संस्कृतिहरु लोप हुँदै गएकाले त्यसको संरक्षणमा टेलिभिजनले कार्यक्रम आयोजना गरेको हो । टेलिभिजनका अध्यक्ष नवराज खतिवडाले समाजको आर्थिक, सामाजिक र सास्कृतिक उन्नतीका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । तीज विशेष कार्यक्रममा लोकगायिका चन्दा अर्याल, जशु अधिकारी, लोकगायक रामप्रसाद पौडेल, सुनिल के.सी, प्रलय चौंलागाई लगायतले प्रस्तुति दिएका थिए । तीज विशेष कार्यक्रमलाई हेटौंडा १० बसपार्कमा रहेको केदारनाथ सुनचाँदी पसलले मुख्य प्रायोजन गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*