हेटौँडा ११ का स्थानीय बासिन्दा जग्गा नापी हुँदा हर्षित

स्वर्णिम खबर
१० श्रावण २०७९, मंगलवार १८:४५

१० श्रावण, हेटौँडा । बर्षौदेखि आफैले खनजोत गरेको जग्गाको धनि पूर्जा नपाएर सुकुम्बासीको उपमा पाएका हेटौँडा ११ का स्थानीय बासिन्दा जग्गा नापी हुँदा हर्षित भएका छन् ।
सुकुम्बासी समस्या समाधान आयोग र हेटौँडा उपमहानगरपालिकोको संयुक्त प्रयासमा हेटौँडा ११ का २५ सय घरधुरी स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको जमिन नापी गरिएको हो । सोमबारसम्म हेटौँडा ११ सिमलटारका स्थानीय बासिन्दाले खनजोत गर्दै आएको जग्गा नापी गरिएको हो । मंगलबारबाट भने हेटौँडा ११ को सागरपथमा नापी सुरु गरिएको नापी टोलीका प्रमुख आषिस डोटेलले बताउनुभयो ।
बर्षौसम्म सुकुम्बासीकै परिचय बोकेर बाँचीरहेका यस क्षेत्रका स्थानीय बासिन्दा जग्गा नापी हुँदा उत्साहीत बनेका छन् । अबभने आफुले उपयोग गर्दै आएको जमिन आफ्नै नाममा प्राप्त हुन्छकी भन्ने आशा बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*