मंहगी र भ्रष्टचारविरुद्ध हेटौंडामा एमालेको विरोध प्रदर्शन
१० श्रावण, हेटौँडा । नेकपा एमाले मकवानपुरले बढ्दो मंहगी, कालोबजारी, अभाव, भष्ट्रचार र कुशासन विरुद्ध हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।
हेटौंडा ५ पुष्पलाल पार्क स्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन सिमाचोक हुँदै हेटौंडा बजारको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले परमादेशबाट बनेको गठबन्धन सरकार जनताप्रति गैरजिम्मेवार बन्दै गएको आरोप लगाउनुभयो । उहाँले गठबन्धन सरकार जनताबाट अनुमोदित नभएको र जनताप्रति प्रतिबद्ध नरहेको भन्दै छिटो भन्दा छिटो प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो । विरोध प्रदर्शन कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगायत विभिन्न जनसंगठनका नेता तथा कार्यकर्ताहरुको सहभागीता थियो ।













