सामुदायिक सेवा केन्द्र मकवानपुरद्वारा डीआईजी बज्राचार्यको स्वागत

स्वर्णिम खबर
८ श्रावण २०७९, आईतवार १३:१८

८ श्रावण, हेटौँडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यको स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक बज्राचार्यले बागमती प्रदेश प्रहरीको प्रमुख हुन पाउनु गौरवको बिषय भएको भनाइ राख्नुभयो । उहाँले महिला तथा बालबालिकाका क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लागू औषध दुव्र्यसनी र ओसारपसार, साईबर क्राईम नियन्त्रणमा पनि प्रहरीले विशेष भुमिकाका साथ काम गर्ने जानकारी दिनुभयो । प्रदेशमा ट्राफिकको समस्या पनि देखिएको भन्दै यसको समाधानमा जनप्रतिनिधिलगायत सर्बसाधारणको पनि साझेदारी हुनुपर्ने उहाँले बताउनुभयो । आपराधिक क्रियाकलाप समाजमा देखिएमा प्रहरीलाई जानकारी दिन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका पुर्वप्रमुख रघुनाथ खुलालले अप्ठ्यारोमा समयमा पनि सामुदायिक सेवा केन्द्रले महत्वपूर्ण काम गरेको स्मरण गर्नुभयो ।सोही कार्यक्रममा कार्यालय परिसरमा बृक्षरोपण समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*