पुष्पलालको ४४ औं स्मृति दिवस हेटौंडामा पनि मनाईयो

स्वर्णिम खबर
७ श्रावण २०७९, शनिबार ११:४५

७ श्रावण, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस हेटौंडामा पनि मनाइएको छ ।
नेकपा एमाले मकवानपुरले पुष्पलाल पार्क हेटौंडामा रहेको प्रतिमा माल्यार्पण गरी दिवस मनाएको हो । एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य एवम् बागमती ईन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर राना, एमाले केन्द्रिय सल्लाहाकार एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, बागमती प्रदेश कमिटिका उपसचिब महेश बर्तौला, प्रदेश कमिटी सदस्य देवराज रिमाल, ईन्द्रमान स्याङतान, एमाले मकवानपुरका उपाध्यक्ष लाल बहादुर थापा, सचिव नविन सिग्देल, प्रचार विभाग प्रमुख ध्रुब प्रसाद चौलागाई, सचिवालय सदस्य जुना दहाल, सुनिल लोप्चन, सुमित्रा काफ्ले, फुर्वा दोर्जे लामा, जिल्ला सदस्य आरती पाठक, सन्तोष पौडेल लगायतकाको आतिथ्यता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*