राजनीतिक प्रतिशोध साँधेर निकाल्ने काम भयोः ग्यालन

स्वर्णिम खबर
५ श्रावण २०७९, बिहीबार १७:५५

५ श्रावण, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकाका निर्वतमान कृषि शाखा प्रमुख अशोक ग्यालनले गाउँपालिकाले करारका कर्मचारीहरुलाई कसैलाई काखा र कसैलाई पाखा गरेर भेदभाव गरेको बताउनुभएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै कृषि शाखा प्रमुख ग्यालनले हालै गाउँपालिकाले करारका कर्मचारीहरुलाई अधिकांशलाई करार सम्झौता नविकरण गरेको केहीलाई भने सम्झौता गर्न रोक लगाएको बताउनुभयो । उहाँले गत बैशाखमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुनः विजयी भएका सर्केश घलानले आफ्ना र माओवादी केन्द्र निकटका कर्मचारीहरुको सम्झौता मात्र नविकरण गरेर करारका अन्य कर्मचारीहरु माथि अत्याचार गरेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक प्रतिशोध साँधेर काम गरिरहेका १७ जनालाई निष्कासित गरेको बताए । निष्कासित हुने कर्मचारीहरु नेकपा एमाले र नेपाली कांग्रेस निकट रहेको बताउँदै ग्यालनले कर्मचारीको कार्य सम्पादन र स्तर मूल्यांकन विना हटाउँदा गाउँपालिकाको सेवा प्रभावित भएको उल्लेख गर्नुभयो । ग्यालनले केहि करारका कर्मचारीलाई मात्र हटाउने प्रकिया गलत भएको बताउनुभयो । पत्रकार सम्मेलनमा गाउँपालिकाका र वडाका करार सम्झौता नभएका निबर्तमान कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*