विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेका हेटौंडा क्याम्पसका २ कर्मचारी निलम्बित

स्वर्णिम खबर
४ श्रावण २०७९, बुधबार १५:१३

४ श्रावण, हेटौँडा । चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ ।
उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर दुर्व्यवहार गरेको आरोप छ । यस्तै घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ । क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरको संयोजकत्वमा गठित समितिले ३ दिनभित्र प्रतिवेदन दिने छ । विद्यार्थीहरुले दोषिलाई कारबाहीको माग गर्दै क्याम्पसमा तालाबन्दी गर्नुको साथै तोडफोड गरेपछि क्याम्पस प्रशासनले अभिभावक सहित विद्यार्थी संगठनको प्रतिनिधिहरुको सर्वपक्षिय बैठक बोलाएर सहमती गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*