बालिका बलात्कार प्रयासको आरोप लागेका वडा अध्यक्ष घलान प्रहरी नियन्त्रणमा

स्वर्णिम खबर
२८ असार २०७९, मंगलवार १९:२४

२८ असार, हेटौँडा । स्कुले छात्रालाई बलात्कार प्रयास गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका वडानम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाश–९ स्थित कालिका मावीकी १४ वर्षीया छात्राले वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएकी थिईन् । जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीमा उजुरी दर्ता भई पक्राउ पुर्जी जारी भएपछि वडा अध्यक्ष आफै प्रहरी सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो । घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । १४ वर्षीया स्कुले बालिका राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौंडा आउँदा वडाध्यक्ष घलानले बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख छ । हेटौंडा–१ जरुवाटोल स्थित ओसिन गेष्ट हाउसको तेस्रो तलामा १९ गते राति १२ः३० बजेको समयमा वडाध्यक्षले आफुलाई बलात्कारको प्रयास गर्ने उद्देश्यले शरिरको संवेदनशील अंगहरुमा सुम्सुम्याएको जाहेरीमा उल्लेख छ । घटना १९ गते रातिको भएपनि बालिकाले असार २२ गते आफ्नी आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध जाहेरी दिएकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*