पूर्व राजा ज्ञानेन्द्र शाहको ७६ औं जन्मोत्सवको अवसरमा नगर परिक्रमा

स्वर्णिम खबर
२३ असार २०७९, बिहीबार १८:०४

२३ असार, हेटौँडा । पूर्व राजा ज्ञानेन्द्र शाहको ७६ औं जन्मोत्सवको अवसरमा हेटौँडामा मोटरसाइकल ¥यालीसहित नगर परिक्रमा गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले निकालेको ¥याली पार्टी कार्यालयबाट सुरु भएर पारिजात पथ, स्कुलरोड हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी युवाहरुले पूर्व राजा शाहको पक्षमा नारामा लगाएका थिए । कोणसभामा बोल्ने वक्ताहरुले संघीयता खारेज गरी सवैधोनिक राजसंस्था स्थापना गर्न माग गरेका थिए ।
राप्रपाका नेता स्रमाट सिंहले वर्तमान अवस्थामा राजतन्त्रको महत्व झन बढ्दै गएको बताउनुभएको छ । राजनीतिक दलहरु सम्पूर्ण कोणबाट असफल भइसकेकोले जनता स्वयम्ले नै राजतन्त्रको आवश्यकता महशुस गर्न थालेको नेता सिंहले उल्लेख गर्नुभयो ।


कार्यक्रममा राप्रपाका बागमती प्रदेश सचिव गुञ्ज बहादुर न्यौपाने, जिल्ला उपाध्यक्ष ज्ञानु ढुंगेल, जिल्ला सचिव बिजय सिंह ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*