बागमतीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
१९ असार, हेटौँडा । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा कक्षा १० मा पढ्ने करिब १६ वर्षीय विद्यार्थी रहेको मकवानपुर प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो । आइतबार दिउँसो बागमती ९ स्थित बेतिनीबाट सिन्धुलीमा वेहुली लिन जन्ती हिँडेको ना. ८ त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ७ जना हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













