एसियन कप छनाेट: नेपालकाे लगातार दाेस्राे हार, छनाेट हुने सम्भावना सकियाे

स्वर्णिम खबर
२९ जेष्ठ २०७९, आईतवार ०८:२३

२९ जेठ, हेटौडा । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।

समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति कुवेतमा भएको खेलमा घरेलु टिमले ४-१ गोलले पराजित गर्‍यो।यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको थियो। लगातार दोस्रो खेलमा पराजित भएसँगै अब नेपालको एसियन कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ।शनिबार नेपालविरूद्ध घरेलु टिम कुवेतका योसेफ नासेरले दुई गोल गरे। दुवै गोल दोस्रो हाफमा गर्ने क्रममा उनले ४८ र ७० मिनेटमा गोल गरेका थिए। त्यसअघि खेलको २८ मिनेटमा फहाद अल रासिदीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। कुवेतका लागि चौथो गोल अल फनेहीले ७३ मिनेटमा गरेका थिए।

दोस्रो हाफमा नेपालका कप्तान नवयुग श्रेष्ठको प्रहार बारमा लाग्दा नेपाल गोल गर्न चुकेको थियो। यद्यपी नेपालका लागि दर्शन गुरुङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए। अब नेपालले समूहको अन्तिम खेलमा इन्डोनेसियासँग आगामी मंगलबार राति प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष टिम आगामी वर्ष चीनमा हुने एसियन कपमा छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*