मकवानपुर गोल्डकपः सेमिफाइनल समीकरण पुरा, पहिलो सेमिफाइनल बिजय युथ र पुलिसबीच हुने

स्वर्णिम खबर
२६ जेष्ठ २०७९, बिहीबार १८:४८

२६ जेठ, हेटौँडा । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहिबार चौथो क्वाटरफाइनलमा चर्च व्वाईजलाई विदेशी क्लब एफसी क्यामरुनले ४–० ले पराजित गरेसंगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । यसैगरी बिहिबार बिहान भएको तेश्रो क्वाटरफाइनलमा नव जनजागृती क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै विजय युथले अन्तिम चारमा स्थान बनाएको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको सेमिफाइनलका खेलहरु शुक्रबारदेखि सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलमा विजय युथले विभागिय टोली नेपाल पुलिस क्लबसंग खेल्नेछ । यस्तै दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले विदेशी क्लब एफसी क्यामरुनको सामना गर्नेछ । मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*