बिजय युथ मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश

स्वर्णिम खबर
२६ जेष्ठ २०७९, बिहीबार १३:०३

२६ जेठ, हेटौँडा । घरेलु टोली विजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा नव जनजागृती क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै विजय युथले अन्तिम चारमा स्थान बनाएको हो । विजय युथलाई सहज जित दिलाउनका लागि अमिर श्रेष्ठ, सञ्जोक राई र सुनिल घलानले एक–एक गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा विजय युथले तीन गोल ग¥यो । उत्कृष्ट खेल प्रर्दशन गर्दै टोलीका लागि एक गोल गरेका विजय युथका सुनिल घलान म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे । फाइनल प्रवेशको लागि विजय युथले विभागिय टोली नेपाल पुलिस क्लबसंग भिड्नेछ । मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । त्यस्तै विधागत उत्कृष्ट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*