मकवानपुर गोल्डकप जेठ १९ गतेदेखि हुने
१२ जेठ, हेटौँडा । हेटौंडामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप –२०७९ जेठ १९ गतेदेखि सुरु हुने भएको छ ।
बिहिबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक प्रताप विष्टले प्रतियोगिता जेठ १९ गतेदेखि २८ गतेसम्म हुने जानकारी दिनुभएको हो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा ए डिभिजनका ५ क्लब, मोफसलका ४ र एक विदेशी गरी कुल १० वटा क्लबको सहभागिता रहनेछ । नकआउटको आधारमा खेलाईने प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने संयोजक विष्टले बताउनुभयो । प्रतियोगता अन्तर्गत विधागत पुरस्कारमा जनही २५ हजार नगद सहित सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टको तर्फबाट बुलेट बाइक प्राप्त गर्ने छ । हेटौंडाको पिप्ले क्याम्पा खेल मैदानमा हुने प्रतियोगितामा दर्शकका लागि एक सय, दुई सय र दुई सय पचास टिकट शुल्क लाग्ने आयोजकले जनाएको छ । संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षता तथा हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख अतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो ।













