मकवानपुर जिल्लामा मतदान कार्य सम्पन्न

स्वर्णिम खबर
३० बैशाख २०७९, शुक्रबार १९:५९

३० वैशाख, हेटौँडा । मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा मतदान कार्य सम्पन्न भएको छ ।
देशभरका विभिन्न स्थानीय तहका मतदान केन्द्रहरुमा विभिन्न राजनीतिक दलहरुबीच झडप तथा द्धन्द्धको स्थिति आइरहँदा मकवानपुरमा भने शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको हो । मकवानपुरमा मतदान प्रक्रियामा कही कतै झडप नभएको र सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । मकवानपुरका दश वटा स्थानीय तहका एक सय २ वटा वडामा रहेका एक सय ६५ मतदान केन्द्रमा रहेका ३ सय ६५ मतदान स्थलमा मतदान सम्पन्न भएको थियो । अधिकाँश मतदान केन्द्रमा पानी पर्न सक्ने अवस्थालाई मनन गर्दै व्यवस्थापन गरिएको हुँदा मौसम प्रतिकुलले खासै समस्या भएन भने कतिपय मतदान केन्द्रमा केहीबेर मतदान प्रक्रिया रोकिएपनि मौसममा सुधार आउने बित्तिकै फेरी मतदान शुरु भएको थियो । जिल्लाका केही मतदान केन्द्रमा व्यवस्थापन फितलो रहेको मतदाताहरुले गुनासो गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*