हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग पार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

स्वर्णिम खबर
२८ बैशाख २०७९, बुधबार १५:५७

२८ वैशाख, हेटौँडा । हेटौँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट अलग गर्ने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बाेच्च अदालतले अन्तरिम आदेश गरेको छ ।
सर्बाेच्चको संबैधानिक ईजलाशले यस्तो आदेश गरेको हो । न्यायधिश दिपक कुमार कार्की , विश्वम्भर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्कीको ईजलाशले प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्नुको कारण सहित उपस्थीत हुन बागमती प्रदेश सरकारलाई आदेश दिएको छ । सरकारले अध्यादेश मार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेको थियो । मन्त्री परिषदको निर्णय उपर प्रतिष्ठानले सर्बाेच्चमा उत्प्रेषण परमादेशको रिट दायर गरेको थियो । प्रचलित संघीय कानुनसंग बाझिने गरि बागमती प्रदेश सरकारले अध्यादेश जारी गरेको भन्दै रिट दायर भएको हो । अघिल्लो सरकारको गौरबका आयोजना निष्प्रभावी पार्दै आएको राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने नियत राखेर ऐन संसोधन गरेको भन्दै आलोचना भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*