गठबन्धन सरकार देशलाई कंगाल बनाउन जन्मिएको होः ओली

स्वर्णिम खबर
१८ बैशाख २०७९, आईतवार १९:१०

१८ वैशाख, हेटौँडा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाउनुभएको छ ।
मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताउनुभएको हो । उहाँले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गर्नुभयो । सत्तारुढ गठबन्धन विकास गर्न नभएर देशलाई कंगाल पार्न जन्मिएको आरोप समेत ओलीले लगाउनुभयो ।
सम्बोधनको क्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको टिप्पणी गर्नुभयो । देउवा नेतृत्वको गठबन्धन सरकार अझैपनि स्थानीय चुनाव सार्ने षड्यन्त्रमा लागिरहेको ओलीको भनाई थियो । उहाँले संविधानअनुसार दुई महिना अगाडि फागुनमा चुनाव हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर बढाएको विषयमा समेत व्यङग्य गर्नुभयो । यस्तै सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका पुराना नेता, पुर्व जिल्ला उपाध्यक्ष खिलप्रसाद चौँलागाई सहित विभिन्न पार्टी परित्याग गरी ७ सय जना एमालेमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*