शैक्षिक क्षेत्रको विकासमा उल्लेख्य काम गर्छौंः एमाले उम्मेदवार

स्वर्णिम खबर
१५ बैशाख २०७९, बिहीबार १५:४९

१५ वैशाख, हेटौँडा । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफुहरु निर्वाचित भएको खण्डमा हेटौंडाको शिक्षा क्षेत्रको विकासमा उल्लेख्य काम गर्ने बताउनुभएको छ ।
बिहिबार भएको ञविद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवारझ कार्यक्रममा विद्यार्थीहरुको प्रश्नको उत्तर दिनुहुँदै उहाँहरुले हेटौंडामा प्राबिधिक तर्फ उच्च शिक्षासहित बिश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताउनुभयो । नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयर पदका उम्मेदवार पौडेलले सामुदायिक विद्यालय घर अगाडि हुँदापनि सोही क्षेत्रमा निजी विद्यालयहरुका बसहरु प्रवेश गरि विद्यार्थी निजि तिर जाने काम भइरहेकोले अब अभिभावक आफैले सामुदायिक विद्यालयमा आफ्नो छोराछोरी पढाउन मन लाग्ने खालको विद्यालयको वातावरण सिर्जना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आफू २३ वर्ष विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुँदा र हाल पनि मकवानपुर बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्ष भइरहँदा धेरै अनुभव प्राप्त भएकाले सोही अनुसार शिक्षाको विकासमा जोड दिने उहाँको भनाई छ । एमालेले हेटौंडा नगरको लागि तयार पारेको घोषणा पत्रमा समेत अभिभावक बिहिन, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सिफारिसका आधारमा मात्र नभई प्रत्यक्ष पारिवारिक अवस्था बुझेर मात्र सम्बन्धित क्याम्पसमा निशुल्क उच्च शिक्षाको ब्यवस्था गर्ने उल्लेख गरिएको पनि बताउनुभएको छ ।
उपमेयरकी उम्मेदवार काफ्लेले विद्यार्थीहरुलाई विद्यालयमा अध्ययनका क्रममा आइपर्ने हरेक समस्यालाई समाधान गर्ने गरि उपमहानगरपालिका अगाडि बढ्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । सुरुवातमै एकैपटक सबै विद्यार्थीलाई समेट्न नसकिएपनि टाढाबाट अध्ययन गर्न हेटौंडा आउने विद्यार्थीलाई सहज रुपमा छात्रावास लगायतको कार्यक्रमहरुको सुरुवात गर्ने, प्राबिधिक शिक्षा लिइरहेका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गर्नका लागि आवश्यक समन्वय गर्ने, सबैको पहुँचमा शिक्षा पु¥याउने कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका बर्तमान मेयर हरिबहादुर महतले आफ्नो ५ वर्षको कार्यकालमा बिरोधीहरुले बिरोध गर्न नसक्ने गरि काम भएको दाबी गर्नुभएको छ । उहाँले शिक्षाको क्षेत्रमा शिक्षालाई अपग्रेड गर्न शिक्षकहरुलाई अपग्रेड गराएको र अपग्रेड हुन नसकेका शिक्षकहरुलाई सम्मानजनक रुपमा अवकास प्रदान गर्ने कार्यक्रम ल्याएको, विद्यालयहरुमा नयाँ ज्ञान भएका शिक्षकहरुलाई अवसर प्रदान गरेको बताउनुभयो ।
अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, अनेरास्ववियु मकवानपुर इन्चार्ज किशन घिसिङ, अनेरास्ववियु केन्द्रिय सदस्य नितेश लामिछाने लगायत हेटौंडाका विभिन्न बिद्यालयबाट विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*