नेकपा (एस) मकवानपुरका अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग

स्वर्णिम खबर
१४ बैशाख २०७९, बुधबार १५:३३

१४ वैशाख, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गर्नुभएको छ ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै स्थानीय निर्वाचनमा टिकट वितरण प्रति असहमति जनाउँदै पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले एकीकृत समाजवादी पार्टी पनि एमाले जस्तै विधि र पद्धतिअनुसार नचलेको बताउनुभयो । पार्टीका नेताहरुले आफुलाई जानकारी नै नगराइ हेटौंडाको मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामालाई उठाएको पोखरेलको आरोप छ । उहाँले पार्टी गठबन्धनको नाममा एउटा निजी कम्पनीको रुपमा सञ्चालन भइरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले अहिले तत्काल अरु पार्टीमा नजाने र स्वतन्त्र रहेको घोषणा समेत गर्नुभयो । पोखरेल सहित जिल्ला सचिवालय सदस्य उत्तम न्यौपाने, बिरेन्द्र डिसी सहित तीन दर्जन नेताहरुले पार्टी परित्याग गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*