मकवानपुरमा टुंगियो एमालेको १० वटै स्थानीय तहको उम्मेदवार
११ वैशाख, हेटौँडा । नेकपा एमालेले मकवानपुरले प्रदेश कमिटीमा सिफारिस गरेका उमेदवारको एमाले बागमती प्रदेश कमिटीले टुङ्गो लगाएको छ ।
जिल्लाको १० वटा स्थानीय तहको प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको हो । स्थानीय तहमा उम्मेद्वारी दिनका लागि केही जनप्रतिनिधिहरुले राजिनामा समेत दिएका छन् । ।एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटिले उम्मेद्वारको टुंगो लगाएको बागमती प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयो । बर्तौलाको अनुसार केन्द्रले टुंगो लगाएको हेटौँडा उपमहानगरपालिका बाहेक बाँकी ९ स्थानीय तहमा प्रदेश कमिटिको बैठकले उम्मेद्वार टुंगो लगाएको हो ।
यस्तो छ उम्मेदवारको सुची
हेटौँडा उपमहानगरपालिका
मेयर – अनन्तप्रसाद पौडेल
उपमेयर – सुमित्रा काफ्ले
बागमती गाउँपालिका
अध्यक्ष –खेमराज जर्गामगर
उपाध्यक्ष –धनमाया स्याङ्तान
बकैया गाउँपालिका
अध्यक्ष – सरला बोलखे
उपाध्यक्ष –लालबहादु स्याङ्तान
मकवानपुरगढी गाउँपालिका
अध्यक्ष – बिदुर हुँमगाई
उपाध्यक्ष –सन्तु थिङ
भीमफेदी गाउँपालिका
अध्यक्ष –हिदम लामा
उपाध्यक्ष – पार्वती राना
इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष–देबकृष्ण पुडासैनी
उपाध्यक्ष – उमा लामा
थाहा नगरपालिका
मेयर – अच्युतम ढकाल
उपमेयर– कल्पना बलामी
कैलाश गाउँपालिका
अध्यक्ष– नरेन्द्रलाल रिजाल
उपाध्यक्ष– सुकुमाया थिङ
राक्सिराङ गाउँपालिका
अध्यक्ष– बाबुलाल स्याङतान
उपाध्यक्ष – सुन्तलीमाया प्रजा
मनहरी गाउँपालिका
अध्यक्ष – एकराज उप्रेती
उपाध्यक्ष – सुजिता थिङ













