एसियन कप छनोटका लागि फुटबल टोलीको प्रशिक्षण सुरु

स्वर्णिम खबर
२ बैशाख २०७९, शुक्रबार १६:१५

२ वैशाख, काठमाडौँ । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ ।
पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडी मध्ये २३ खेलाडी अभ्यासमा उपस्थित भएका थिए । अभ्यास पछि पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोली जुन लक्ष्यका साथ तयारी गरिरहेको छ, सो लक्ष्यमा पुग्न निकै कठिन हुने प्रतिक्रिया दिनुभयो । प्रशिक्षक अल्मुताईरीले सपना ठुलो देखेपनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताउनुभयो तर छनोटमा राम्रो गर्ने प्रयास भने जारी राख्ने उल्लेख गर्नुभयो । प्रतिष्ठित प्रतियोगिता खेल्न लागि टोलीमा धेरै सुधार देखी फुटबलको जग बलियो हुनु पर्ने औल्याउँदै मुख्य प्रशिक्षक अलमुताइरीले ग्रासरुट देखी उमेर समूहका खेल राम्रो नभएसम्म नेपाली फुटबल अगाडि बढ्न नसक्ने बताउनुभयो ।
नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो । छनोट प्रतिोगिताका लागि समूह ए मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेशिया र जोर्डन रहेका छन् । एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । जस अन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ । यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । त्यस अघि नेपाली टोली वैदेशिक भ्रमण गर्दा केही मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । यद्यपि कुन टोलीसँग हुने भने तय भएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*