आर्थिक कारण खेलकुद गतिविधि रोकिन्नः सदस्य सचिव घिसिङ

स्वर्णिम खबर
१ बैशाख २०७९, बिहीबार १६:३८

१ वैशाख, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आर्थिक कारणले नरोकिन्ने स्पष्ट पारेको छ ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर भए पनि ठूला प्रतियोगिता तोकिएकै समयमा हुने सदस्य सचिव टंकलाल घिसिङले प्रस्ट पार्नुभयो । राष्ट्रिय खेलकुद गतिविधि खेलकुद परिषद्को मात्र नभएर देशकै गतिविधि भएकोले हुदैन कि भनेर शंका नगर्न आग्रह गर्नुभयो । उहाँले चीनमा आयोजना हुने १९औं एसियन खेलको तयारी पनि छिट्टै थाल्ने बताउनुभयो । त्यसका लागि संघहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।
नयाँ सदस्य सचिवको नियुक्ती भएसँगै मुख्य एजेन्डाको रुपमा अघि सारिएको प्रतियोगिताको मिति तय भए पनि अन्य प्रक्रियाका लागि समय अवधि छोटो रहेको छ । छोटो समयमा नै प्रतियोगिता गर्न सम्बन्ध सबै पक्षसँग सदस्य सचिवले आग्रह समेत गरेको छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको थिएन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*