एमालेबाट हेटौंडाको मेयर पदको लागि ३ जनाको नाम सिफारिस
२९ चैत्र, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को हेटौंडा उपमहानगरपालिका कमिटी बैठकले हेटौंडाको मेयर र उपमेयर पदको लागि ३–३ जनाको नाम सिफारिस भएको छ ।
मंगलबार बसेको बैठकले हालका मेयर हरि बहादुर महत, संबिधान सभाका सदस्य अनन्त पौडेल र एमाले मकवानपुरका पुराना नेता गणेश कुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको हो । एमालेका नौ जना नेताहरुले चैत २७ गतेको बैठकमा मेयरमा उमेदवारी दिने आकाक्षा देखाएपनि ६ जनाले सहमतीका आधारमा तीन जनाको नाम सिफारिस गर्न तयार भएपछी तीन जनाको मात्र नाम सिफारिस गरिएको हो । यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयरमा पनि सात जनाले आकाक्षा देखाएका थिए । मगलबार भएको बैठकमा सर्वसम्मत मेयरको उम्मेदवार चयन गर्न नसकेपछि उपमहानगर कमिटीले तीनजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।













