बागमती प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी

स्वर्णिम खबर
२८ चैत्र २०७८, सोमबार १८:४७

२८ चैत्र, हेटौँडा । बागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा उजुरी परेको छ ।
प्रदेश सरकारले कानूनविपरीत ५ लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत पाँच लाख रुपैयाँका टुक्रे योजना वितरण गरिएको उजुरीमा उल्लेख छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित कार्यक्रमभन्दा बाहिर गएर साना २ हजार २ सय ९९ योजनामा रकमान्तर गरेको छ । संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने सरकारको निर्णय संविधान र कानूनविपरीत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले जनाएको छ । प्राविधिक अध्ययन, लागत अनुमान र सम्भाव्यता नै अध्ययन नगरी स्थानीय तहले गर्दै आएको काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निवेदनमा उल्लेख भएको आयोगका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले बताउनुभयो । निवेदनउपर अख्तियारले छानबिन गर्ने सूचना अधिकारी सापकोटाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*