कुनै बहाना नगरी टाइफाइडबिरुद्धको खोप अभियान सम्पन्न गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वर्णिम खबर
२४ चैत्र २०७८, बिहीबार १६:१४

२४ चैत्र, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले शुक्रवारबाट शुरु हुने टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले कुनै बहाना नगरी टाइफाइडबिरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले नेपाल टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गर्ने दक्षिण एशियामै पहिलो राष्ट्र भएको दाबी गर्नुभयो । उहाँले यो अभियान शुक्रवारबाट देशव्यापी रुपमा ५० हजार भन्दा बढी विद्यालय वा खोपकेन्द्रमा सञ्चालन हुने पनि बताउनुभयो । मन्त्री खतिवडाले अभियानकर्ताहरुलाई स्थानीय तहको निर्वाचनका कारण प्रभावित भयो भन्ने बहाना नबनाइ काम सम्पन्न गर्न सचेत गराउनुभयो ।


यता मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले पनि टाइफाइड बिरुद्धको खोप अभियानको तयारी पूरा भएको बताउनुभएको छ । खोप अभियानको पहिलो चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप लगाउने मन्त्रालयका सह प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
सह प्रवक्ता अधिकारीले टाइफाइडबिरुद्धको खोप सुरक्षित रहेको र यसले बिरामी हुने दरलाई कम गर्ने पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*