त्रिदेशीय टि–२० श्रृखंलाः दुबै टोली उपाधि जित्नेमा विश्वस्त

स्वर्णिम खबर
२० चैत्र २०७८, आईतवार १९:०७

२० चैत्र, काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार पपुवा न्यु गिनीविरुद्ध उपाधिका लागि खेल्ने बताएको छ ।
आइतबार शृखंलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका हुन् । घरेलु दर्शकमाझ खेल्न सहज हुने र आपूmले सतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका हुन् ।
नेपाल र पिएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे हुनेछ । यस्तै पिएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्य सहित नेपालको सामना गर्ने बताउनु भयो ।
शृखंला अन्तर्गत अन्तिम खेलमा नेपालले शनिबार भ्रमणकारी टोली मलेसियामाथि ८५ रनको जित निकाल्दा पिएनजीले फाइनलमा स्थान बनाएको थियो । शृखंलाको पहिलो र दोस्रो खेलमा नेपालले पिएनजीलाई क्रमश १५ र ३७ रनले पराजित गरेको थियो भने एक दिवसीय शृखंलाको नतिजामा पिएनजीले २–० ले क्लिन स्विप गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*