त्रिदेशीय टी–२० श्रृखंलामा नेपालको बिजयी सुरुवात, पिएनजी १५ रनले पराजित

स्वर्णिम खबर
१४ चैत्र २०७८, सोमबार १७:१३

१४ चैत्र, हेटौँडा । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–२० श्रृखंलामा नेपालले बिजयी सुरुवात गरेको छ ।
सोमबार टियु क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । पीएनजीका नोरमान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्तै सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिकाले २१ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले तीन÷तीन विकेट लिए । यस्तै अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २÷२ विकेट लिए । नेपालले दोस्रो खेलमा बुधवार मलेसियासँग र बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*