नयाँ बर्षको अवसरमा खुल्ला दौड प्रतियोगिता हुने
११ चैत्र, हेटौँडा । नेपाल तरुण दल हेटौडा उपमहानगरपालीका ६ नम्बर ईकाई समितिद्धारा नयाँ बर्षको अबसरमा जिल्ला स्तरीय ५ किलोमिटर खुल्ला दौड प्रतियोगीता आयोजना गर्ने भएको छ ।
हरेक बर्ष आयोजना गर्दै आएको दौड प्रतियोगीता कोरोना सक्रमणका कारण गत बर्ष रोकिएको थियो । स्वस्थ्यका लागी खेलकुद भन्ने नारा लिएर स्वच्छ जिवन,स्वच्छ समाज भन्ने भनाईलाई आधार बनाई दौड प्रतियोगीता आयोजना गर्न लागेको ईकाई समिति अध्यक्ष कमल कोईरालाले बताउनु भयो । प्रतियोगीतामा भाग लिन ईच्छुकले नेपाली नागरीक्ताको प्रतिलिपि,फोटो एक थान र दर्ता शुल्क दुई सय रुपैया लाग्ने कोईरालाले बताउनु भयो । प्रतियोगीतामा प्रथम हुनेलाई नगद १५ हजार शिल्ड प्रमाणपत्र,दितिय हुनेलाई नगद १० हजार शिल्ड प्रमाणपत्र र तृतिय हुनेलाई नगद ५ हजार शिल्ड तथा प्रमाणपत्र प्रदान गरीने अध्यक्ष कोईरालाले बताउनु भयो । आगामी बैसाख १ गते बिहान ७ बजे हेटौडा ६ चौडाको पिपलबोटबाट दौड सुरु हुने बताईएको छ ।













