मकवानपुरमा बिहिबार १ सय ८१ जनामा कोरोना पुष्टि

स्वर्णिम खबर
६ माघ २०७८, बिहीबार १७:४१

६ माघ, हेटौँडा । मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार १ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३३ जनामा र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना संक्रमित हुनेहरुको संख्या १६ हजार ७ सय १ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै मकवानपुरका कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १५ हजार ३ सय ५९ पुगेको छ । हालसम्म जिल्लामा १ सय ७० जना कोरोना संक्रमितको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*