एपीएफले जित्यो प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि

स्वर्णिम खबर
५ माघ २०७८, बुधबार १७:०९

५ माघ, काठमाडौँ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे पनि उपाधि एपिएफलाई सुम्पिन बाध्य बन्यो । रोमाञ्चक जित निकालेको एपिएफले उपाधिसँगै नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख रुपैयाँमा चित्त बुझायो । यस्तै सेमिफाइनल पुगेका आर्मी र बागमती प्रदेशले ५०÷५० हजार प्राप्त गरे । एपिएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेन । कसिलो बलिङ गरेका एपिएफका लागि एपिएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले समान १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएरु मात्र १ सय ५७ रन बनाएको थियो । एपिएफका लाग अमर रौटेलाले सर्वाधिक २९ रन बनाउँदा १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे । यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३÷३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए । प्रतियोगितामा एपिएफका मोहमद आशिफ शेख सर्बोत्कृष्ट खेलाडी चुनिए भने बुधबार सपन्न फाइनल खेलमा आशिफ नै प्लेयर अफ दि सिरिज चुनिएका । आशिफले नगद ३० हजार हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पुलिस क्लबका कुशल भुर्तेल चुनिए । यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले २०÷२० हजार प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*