मकवानपुरमा बिहीबार ७१ जना कोरोना संक्रमित थपिए

स्वर्णिम खबर
२९ पुष २०७८, बिहीबार १७:२४

२९ पुस, काठमाडौँ । मकवानपुरमा बिहीबार ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ८० जनाको पिसिआर परीक्षण गर्दा ५४ जनामा र ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म मकवानपुरमा कोरोना संक्रमित हुनेहरुको संख्या १५ हजार ८ सय ५५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमणमुक्त भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या १५ हजार ३ सय ३९ पुगेको छ । हालसम्म मकवानपुरमा कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या १ सय ६८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*