आजबाट बालबालिकालाई मोडर्ना खोप लगाउन शुरु

स्वर्णिम खबर
४ पुष २०७८, आईतवार १५:४९

४ पुस, हेटौँडा । सरकारले आजबाट १२ वर्षदेखि १७ वर्षका वालवालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउन शुरु गरको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडाबाट सरकारले मोडना खोप अभियानको सुरुवात गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आइतबार हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा स्वास्थ्य कर्मीलाई मोडर्ना खोप हस्तान्तरण गर्दै खोप लगाउने कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री खतिवडाले नेपालभरीमै पहिलो पटक हेटौंडालाई केन्द्र बनाएर बालबालिकालाई खोप दिने कार्यक्रमको सुरु गरिएको बताउनुभयो । यो खोप कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनका लागि उहाँले आग्रह पनि गर्नुभयो । विद्यार्थीहरुलाई सहज होस् भन्दै देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सम्पूर्ण विद्यार्थीहरुलाई खोप अनिवार्य रहेको र सरकारसंग खोप पर्याप्त रहेको भन्दै आफ्नो घर, परिवार, छिमेकीहरुलाई कोरोना विरुद्धको खोप लगाउन मन्त्री खतिवडाले अनुरोध गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*