नेपालमा अस्पतालहरुलाई तयारी अवस्थामा राख्नुपर्छः डब्ल्यूएचओ नेपाल

स्वर्णिम खबर
१४ मंसिर २०७८, मंगलवार १२:०८

१४ मंसिर, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले नेपालमा भेला हुनेहरुको जमात बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ ।
प्रमुख पाण्डवले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैँ एकै ठाउँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो । प्रमुख पाण्डवले अस्पतालहरु तयारीका साथ रहनुपर्नेे र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताउनु भयो । प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताउनु भयो । उहाँले कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पु¥याउनु पर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्नुपर्ने बताउनु भयो । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो । यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलिले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*